देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना


काठमाडौँ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।