एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो: पूर्वप्रधानमन्त्री खनाल


काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले मुलुकलाई विभाजित गर्ने कामगरेको गरेको टिप्पणी गरेका छन् ।

काष्ठमण्डप संवादसमापन समारोहलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकभित्र राष्ट्रियसहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको टिप्पणी गरेका हुन् । कुनैपनि अन्तरराष्ट्रिय सन्धि सम्झौता गर्दा संसदलाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्ने उनको भनाइ छ ।

उनले अन्तरराष्ट्रिय सन्धि तथा सम्झौताहरु सत्ताधारीहरुको लक्ष्य र चलखेलको विषय बन्नदिन नहुनेमा जोड दिए । एमसीसी सहयोग परियोजना संघीय संसदबाट लज्जाजनकविषयले पास गरिएको उल्लेख गर्दै भविष्यमा यस्तो हुन नदिने कुरामा सबै सजग हुनुपर्ने उनकाे भनाइ छ । खनालले एमसीसीलाई गृहकार्य, यथोचित छलफल र सहमतिबिना अनुमोदन गरिएको उल्लेख गर्दै यसलाई संस्था वा मुलुकको हकमा पनि लागु गर्न सकिने नजिरको रुपमा लिन नहुनेमा जोड दिए । 

एमसीसी जस्ता सम्झौताहरु मुलुकको घातक हुने उल्लेख गर्दै उहाँले यस्ता सम्झौता हुनबाट मुलुकलाईहर ढंगले जोगाउनुपर्ने तर्क गरे । संवादका निष्कर्ष सार्वजनिक गर्दै उहाँले कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताहरु दबाब र धम्कीमा नभई बराबरीकाआधार गर्नुपर्ने बताए ।

उनले परियोजना कार्यान्वयनमा बजेट पारदर्शी हुनुपर्नेतथा एमसीसीलाई स्वायत्त अधिकार दिन नहुने पनि उल्लेख गरे । पूर्व प्रधानमन्त्रीले भविष्यमा भूराजनीतिक सन्तुलन, छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा असरहुने गरी सम्झौता गर्न नहुने बताए ।

उनले एमसीसी परियोेजना अमेरिकीसुरक्षा रणनीतिको अङ्ग भएकाले नेपालको लागि हानिकारक हुनसक्ने चेतावनी समेत दिए । एमसीसी कार्यान्वयनका क्रममा विदेशी कामदारको निगरानी र प्रवेशाज्ञामास्पष्टता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।