काठमाडाैँ । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइँदैछ ।
आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौंको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानी लगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ ।
काठमाडौँको ऋषेश्वर, मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु महिलाहरुको भीड लागेको छ । महिलाहरुले रजश्वला भएको बेलामा अन्जानमा गरेका गल्तीको पाप नलागोस् भन्ने मनशायले सप्त ऋषिसहित वशिष्ठ पत्नी अरुन्धतीको पूजा गर्ने परम्परा छ ।
सप्त ऋषिहरुको व्रतोपासनपछि रजश्वला भएको बेलामा गरेका गल्तीहरुको पाप नलाग्ने विश्वासका साथ मनाइने यो पर्व प्रतिपदा तिथीबाट शुरु भइ पञ्चमीसम्म मनाइने गरिन्छ ।
हिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ । महिलाहरु आफूले गरेका त्रुटीहरुबाट मुक्त होऔँ भन्ने हेतुले सप्तर्षीहरुको पूजा गर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्