काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही भदौ २५ गतेदेखि सर्वसाधारणको लागि आइपिओ निष्काशन तथा आवेदन खुला गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्काशन गरि बाँडफाँड सम्पन्न गरिसकेको छ ।
कम्पनीले आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गर्न गर्नेछ ।
जसमध्ये कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइीपओमा लगानीकर्ताले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३सम्म आवेदन दिइसक्ुनपर्नेछ ।
यो आइपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालय तथा मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्