सरकारले हटायो सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध


काठमाडौँ। राजधानीमा जेनजी पुस्ताले गरेको प्रदर्शनपछि सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गर्दै प्रतिबन्ध फिर्ता लिएसँगै सबै सामाजिक सञ्जाल सामान्य रूपमा सञ्चालनमा आएको जानकारी दिए।

सरकारले अघिल्लो सातादेखि फेसबुकसहितका लोकप्रिय सामाजिक सञ्जालमा पहुँच अवरुद्ध गरेको थियो जसलाई सर्वसाधारणले तीव्र विरोध गर्दै आएका थिए।