काठमाडौँ । अस्वभाविक तथा गम्भिर परिस्थितिहरू र सुरक्षाका कारण बुद्ध एयरले आजका सम्पूर्ण उडान स्थगन र रद्द गरिएको जानकारी दिएको छ। एयरलाइन्सले यात्रुहरूलाई असुविधा परेकोमा क्षमाप्रार्थी भएको जनाएको छ।
सबै उडान स्थगित भए पनि यात्रुहरूको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको र परिस्थिती सामान्य भएपछि उडानहरू पुनः सञ्चालन गरिने छ,”बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ।
यात्रुहरूलाई यात्रा योजना बनाउँदा अपडेट र एयरलाइन्ससँग प्रत्यक्ष सम्पर्कमा रहन सिफारिस गरिएको छ।
प्रतिक्रिया दिनुहोस्