काठमाडौँ । सुरक्षा कमान्ड नेपाली सेनाले लिएपछि काठमाडौंका सडकहरूमा गस्ती गरिरहेको छ ।
सोमबार र मङ्गलबारको आन्दोलनमा ठुलो जनधनको क्षति भएपछि मङ्गलबार राति १० बजेबाट नेपाली सेना लगायत सुरक्षा निकाय परिचालन भएका छन् ।
आकस्मिक सेवामा हिँडेकालाई सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गरिरहेको छ । हिजो र अस्तिको आन्दोलनपछि लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्