सर्वोच्च अदालत : अर्को सूचना नभएसम्म मुद्दाहरूको सुनुवाई नहुने


काठमाडौं । सर्वोच्च अदालतले आजका लागि तोकिएका मुद्दाहरूको पेशी अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

अदालतले आज जारी गरेको सूचनामा उल्लेख भएअनुसार भदौ २४ गतेका लागि तोकिएका मुद्दाहरूको पेशी हाललाई स्थगित गरिएको हो ।

जेनजी आन्दोलनकारीहरुले गरेको आगजनी कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो । अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।

यस्तै भोलीदेखिका पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । सर्वोच्च अदालतले यसबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति दुःख व्यक्त गरेको छ ।