काठमाडाैँ । काठमाडौँ उपत्यकामा जनजीवन सामान्य बन्दै गएको छ ।
नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षार्थ खटिएसँगै काठमाडाैँ उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा अत्यावश्यक बाहेकक घर बाहिर निस्किन दिएको छैन भने सुरक्षामा पनि कडाइ गरेको छ । ठाउँ ठाउँमा चेकजाँच भइरहेको छ ।
सडकमा मानिसहरू र सवारी साधनको उपस्थिति भने न्युन छ । जेन जीले गरेको आन्दोलनमा जेन जी पुस्तामाथि प्रहरीले दमन गरेसँगै आन्दोलनले उग्र रूप लिएको थियो ।
सोमवार भन्दा मंगलवार आन्दोलन उग्र बन्यो । देशका सम्पतीहरू ध्वस्त भएका छन् । कतिपय भौतिक संरचनाहरू आगो अझै बलिरहेको देख्न सकिन्छ । सिंहदरबारसहित, संसद भवन, सर्वोच्च अदालत, सरकारी कार्यालयहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्