काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू आदेशसँगै, विमानस्थल वरपर देखिएको बाक्लो धुँवाले उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने निष्कर्षमा पुगेपछि अर्को सूचना नभएसम्मका लागि विमानस्थल बन्द रहने जनाएको हो।
प्राधिकरणले विमानस्थल बन्द रहेको अवस्थामा यात्रुहरुलाई अनावश्यक रूपमा विमानस्थल नआउन आग्रह गरेको छ। साथै, विमानस्थल पुनः सञ्चालनको सूचना आएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी यात्राको तयारी गर्न आग्रह गरिएको छ।
यस कारण यात्रुवर्गलाई परेको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
प्रतिक्रिया दिनुहोस्