प्रचण्डपुत्री गंगा दाहाल घरमा एक जनाको शव फेला


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।

हिजो मंगलबार जेनजी प्रर्दशनकारीहरुले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगो लगाउँदा एक पुरुष्न घरभित्रै जलेकी छन् ।

ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।

त्यस्तै हिजोको आन्दोलनमा गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको लेकसाइड स्थित भअंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।