मोरङमा कर्फ्यु आदेश जारी


काठमाडाैँ ।मोरङ जिल्लाका विभिन्न स्थानमा आ-आफ्ना माग राख्दै प्रदर्शन भएपछि कर्फ्यू आदेश जारी भएकाे छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार जारी आदेशअनुसार आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म मोरङ जिल्लाभर कर्फ्यू लागू हुनेछ।

यस अवधिमा दमकल, एम्बुलेन्स, शव वाहन तथा स्वास्थ्यकर्मी जस्ता अति आवश्यक सवारी बाहेक कुनै पनि सभा, जुलुस, भेला वा धर्ना गर्न पाइने छैन। आदेशको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

जिल्ला सुरक्षा समितिको बैठकपछि जारी गरिएको यस आदेशले सार्वजनिक शान्ति र सुरक्षामा असर पर्ने सम्भावना रोक्ने उद्देश्य राखेको छ।