सिमित कर्मचारीबाट बैंक तथा वित्तीय संस्था सुचारु गर्नुस्ः राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सिमित कर्मचारीबाट बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सुचारु गर्न सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको जारी विज्ञप्ति अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको हो ।

अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेस मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन उल्लेख गरेको छ ।