काठमाडाैँ । जेन जी पुस्ताले गरेको आन्दोलनपछि भएको आगजनी र तोडफोडपछि पोखराका जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरू खण्डहर भएका छन् ।
प्रदेश लोकसेवा कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, कारागार कार्यालय, कास्की जिल्ला अदालतको अवस्था दयनीय छ । सबै सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् । आगजनी कारण भएको क्षति मूल्यांकन समेत हुन सकेको छैन ।
उच्च अदालत पोखरासहितका सरकारी निकायहरु यतिबेला खरानी बनेका छन् । नेपाली सेनाले सुरक्षास्थित नियन्त्रणमा लिएसँगै आम नागरिकहरु आवतजावतका लागि बाहिर निस्किन थालेका छन् ।
अझै समाजमा त्रास कायम छ । सरकारी कार्यालयहरु जलेर नष्ट भएसँगै सेवा प्रवाहमा चुनौति थपिएको छ । साथै अन्तरिक सरकार गठन हुन ढिलाइ भएसँगै समस्या झनै बढिरहेको छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्