काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलसँग नियमित सम्पर्कमा रहेको जानकारी दिएको छ।
आयोगका अनुसार मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको आधारमा निकास खोज्न यस सम्पर्क आवश्यक रहेको छ।
आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आयोगको नियमित सम्पर्कमा रहेको र मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षार्थ आवश्यक कदम चालिनेमा आयोगको दृढ विश्वास रहेको जनाइएको छ।
साथै आयोगले यस विषयमा अन्य सरोकारवाला पक्षहरूसँग पनि संवाद र सम्पर्क निरन्तर जारी राखेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्