काठमाडाैँ । जेन–जी पुस्ताको आन्दोलनले नेपालमा रहेका विदेशी पर्यटकहरूलाई समेत प्रभावित पारेको छ ।
विभिन्न कार्यक्रममा सहभागी हुन तथा मनोरञ्जनका लागि नेपाल आएका पर्यटकहरूले हालको परिस्थितिले आफूहरू प्रभावित भएको अनुभव सुनाएका छन् । जेन जी आन्दोलनको कारण आफूहरूको कार्यसूची प्रभावित भएको अनुभव सुनाए ।
यद्यपि मुलुकको परिवर्तनको लागि युवाहरूले गरेको आन्दोलनमा आफूहरूको मौन समर्थन रहेको उनीहरूको भनाइ छ ।
इन्टर्नसिपका लागि दुई साताअघि नेपाल आएक एक पर्यटकले भने, “हामी शान्त रूपमा घरमै बसेर आन्दोलनलाई समर्थन गरिरहेका छौं । यस्ता आन्दोलनहरू यत्तिकै हुँदैनन्, यसको पछाडि गहिरो कारण हुन्छ । हिंसात्मक रूप भने पीडादायी लाग्यो, तर म नेपाली जनताको उज्यालो भविष्यमा विश्वास गर्छु ।’”
एक अर्का पर्यटले नेपालमा जिम्मेवार नेतृत्व आउने संकेत जेन जी आन्दोलनले दिएको बताए । उनले कफ्र्यु र निषेधाज्ञाका कारण आफूहरुलाई यात्रा गर्न कठिन भइरहेको पनि बताए। आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उहाँले नेपालले छिट्टै निकास पाउने विश्वास व्यक्त गरे।
पर्यटकहरूले आन्दोलन दीर्घकालीन र जनपक्षीय समाधानतर्फ जानुपर्नेमा जोड दिँदै, हिंसा रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्