नेप्सेमा नकरात्मक सर्किट, सेयरकारोबार ४० मिनेटको लागि बन्द


काठमाडौं । साताको पहिलो दिन सेयरबजारमा भारी अंकको गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबार सुरु भएको २ घण्टामा नकरात्मक सर्किट लागेर ४० मिनेटको लागि बन्द भएको छ ।

नेप्से आज १२ बजेर ५९ मिनेट जाँदा सेयर बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

कारोबार सुरु भएको २ घण्टामा नेप्से १४७.३१ अंकले घटेर २७७९.६८ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि २६.९३ अंकले घटेर ५१४.८२ अंकमा झरेको छ ।

नेप्सेका अनुसार अहिलेसम्म २५ ओटा कम्पनीको कारोबार हुँदा १ करोड ४८ लाख ३१ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १९ करोड ९ लाख ३५ हजार ६ सय ७१ रुपैयाँको कारोबार भएको छ ।