काठमाडाैँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटनको जिम्मेवारी दलका प्रमुख नेताहरूमाथि रहेको बताएका छन्।
“संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन्। पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठूलो विषय नहुन सक्छ, तर इतिहासले यसको मूल्यांकन गर्नेछ,”शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन् ।
उनी राजनीतिक घटनाक्रम र निर्णयहरूको मूल्याङ्कन इतिहासले गर्ने भएकोले अहिलेको परिस्थितिलाई दलका नेताहरूले बिर्सन नहुने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्