काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालको राजनीतिक परिस्थितिमा राष्ट्रपतिले चालेको कदम ‘दोस्राे राम्रो विकल्प’ भएको टिप्पणी गरेका छन्।
उनका अनुसार नआन्दोलनपछिको परिस्थितिमा आन्दोलनकारीसँग सहमति गरेर आकस्मिक संसद बैठक बोलाई संविधान संशोधन गरी नयाँ प्रधानमन्त्रीको नियुक्ति र त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने प्रक्रिया नै उत्तम विकल्प हुने थियो। तर, आन्दोलनकारीहरूले उक्त प्रस्ताव स्वीकार नगरेपछि र पुराना दलहरूले पनि आलटाल गर्ने सम्भावना देखिएकाले दोस्रो विकल्प रोजिएको उनको भनाइ छ।
डा. भट्टराईले राष्ट्रपतिले संविधानमा स्पष्ट प्रावधान नभए पनि राष्ट्रध्यक्षको रूपमा सामान्यतया प्राप्त अधिकार र जिम्मेवारी प्रयोग गरेर संसदबाहिरबाट प्रधानमन्त्री नियुक्त गर्नु, सपथग्रहण पश्चात् नयाँ प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरी नयाँ निर्वाचन घोषणा गर्ने प्रक्रियालाई अहिलेको परिस्थितिमा उचित निर्णय लिएकाे बताए ।
उनले यस कदमलाई नेपाली इतिहासको अर्को महत्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै नयाँ वैकल्पिक राजनीतिक वृहद् ध्रुवीकरणतर्फ अग्रगामी शक्तिहरू लाग्नुपर्ने आह्वान पनि गरेका छन्।
प्रतिक्रिया दिनुहोस्