जेनजी आन्दोलनका क्रममा लुटपाटमा संलग्न शिक्षकलाई बुटवलको कालिका मानवज्ञान माविले हटायो


काठमाडौँ । रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयले जेनजी आन्दोलनका क्रममा लुटपाटमा संलग्न शिक्षकलाई हटाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै विद्यालयले शिक्षक शिवशङ्र शुक्ला बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा अनियमितामा संलग्न रहेको भन्दै हटाइएको जनाएको छ ।

शिक्षक शुक्लाले आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटबाट सामान लैजादै गरेको फोटो सार्वजनिक भएको थियो ।

फोटो सार्वजनिक भएपछि विद्यालयले आचारसंहित तथा वियमविपरीत कार्य गरेको ठहर गर्दै आजैदेखि शिक्षक शुक्लालाई हटाएको जनाएको छ ।