काठमाडाैँ । निषेधाज्ञा र कफ्र्यु हटेसँगै काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ ।
काठमाडौँ उपत्यकामा अहिले सार्वजनिक सवारी साधनहरू सञ्चालन हुन थालेका छन् । केही सार्वजनिक यातायातहरू शनिवारबाटै सञ्चालनमा आएपनि पूर्ण रूपमा सञ्चालन हुन सकेका थिएनन् ।
चक्रपथ क्षेत्रमा मात्रै सार्वजनिक यातायातहरू सञ्चालन भएकोमा आइतवारबाट भने चक्रपथसहित भित्रि सडक र उपत्यका बाहिर पनि सार्वजनिक यातायात सञ्चालन हुन थालेका छन् ।
जसले आम सर्वसाधारणलाई यातायातको सहजता भएको छ । यात्रा गर्न समस्या भइरहेको बेलामा सार्वजनिक यातायातहरू सञ्चालनमा आएसँगै आम नागरिकहरूले सहजता महशुस गर्न थालेका छन् ।
सार्वजनिक यातायातसँगै होटल, किराना पसल, सरकारी कार्यालयहरू सञ्चालनमा हुँदै गइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्