काठमाडौँ । काठमाडौँ लगायत देशभर भदौ २४ गते भएकाे जेनजी प्रदर्शन क्रममा मृत्यु भएकाहरूको परिवारलाई १०/१० लाख दिने निर्णय भएको छ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा सो निर्णय भएको जानकारी दिइएको हो। प्रदर्शन क्रममा मृत्यु भएकाहरूले सहिद घोषणा गर्ने निर्णय गरेको पनि जानकारी दिइएको छ।
प्रदर्शन क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिने पनि कार्यक्रममा जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्