सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टीप्रति गम्भीर असन्तुष्टि जनाउँदै राजीनामा गरेको घोषणा गरेकी हुन्।

श्रेष्ठले पार्टीभित्र गल्ती स्वीकार्ने संस्कृतिको अभाव, आलोचक नेताहरूविरुद्ध मिडिया ट्रायल गर्ने प्रवृत्ति र नेताको व्यक्तिपूजामा रमाउने संस्कृतिप्रति आपत्ति प्रकट गरेकी छिन्। उनले भनिन्, “कहिल्यै गल्ती नस्विकार्ने, गल्तिमाथि गल्ती गर्ने अनि त्यसको बोझ पार्टीका सबै सदस्यले बोक्नुपर्ने अवस्था सह्य छैन।”

उनले पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई प्राथमिकतामा राख्न थालेदेखि नै आफूले आलोचना गर्दै आएको तर त्यसले कुनै परिणाम नल्याएको बताएकी छन्। “अब खुल्लारूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु, मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्, मैले पार्टी छोडेँ,” उनले भनिन् ।

रास्वपाभित्रको असन्तुष्टिका साथै उनले कांग्रेस र एमाले जस्ता ठूला दलका तेस्रो पुस्ताका नेताहरूलाई पनि नेतापूजाको संस्कृतिबाट मुक्त हुन आह्वान गरेकी छिन्।