लुटपाट गरिएको सामग्री ओसारपसार नगर्न यातायात विभागको आग्रह


काठमाडौँ । यातायात व्यवस्था विभागले यात्रु, सवारी चालक, सवारी परिचालक तथा सवारीधनीहरूलाई लुटपाट गरिएको सामग्री ओसारपसार नगर्न सचेत गराएको छ।

विभागले जारी गरेको सूचनामा भदाै २३ र २४ गते विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा लुटपाट र हातहतियारसहितका अन्य सामग्री सार्वजनिक तथा निजी सवारीसाधनबाट ओसारपसार हुन सक्ने सम्भावना रहेको भन्दै ओसारपसार नगर्न सचेत गराएकाे हाे ।

विभागले कुनै पनि लुटपाट सामग्री ओसारपसार नगर्न आग्रह गर्दै यस्तो गतिविधि देखिए प्रहरी कार्यालयलाई जानकारी गराउन आग्रह गरेको छ ।