लोसपाले संविधान दिवसमा जेनजी आन्दोलनका मृतकप्रति शोक व्यक्त गर्ने


काठमाडाैँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले संविधान दिवसका दिन जेन जी आन्दोलनमा मृत्यु भएकाहरूप्रति शोक व्यक्त गर्ने भएको छ ।

बुधवार काठमाडौँमा बसेको पार्टी पदाधिकारीले बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता आभास लाभले जानकारी दिए । साथै बैठकले जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई श्रदाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । 

“जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूप्रति गहिरो शोक एवं श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यही असोज ३ गते पर्न गएको संविधान दिवसलाई शोक दिवसको रुपमा मनाउने आजको बैठकले निर्णय गरेको छ,”उनले भने ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७३ जनाको मृत्यु हुनुका साथै सयौं युवा घाइते भएका थिए ।