काठमाडँ । डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा आफ्ना नौ नयाँ मोडेल सार्वजनिक गरेको छ। इष्ट वाइन्ड इनफाइन्ट वाेर्लड भन्ने थिममा इजिप्ट इन्टरनेसनल एक्जिबिसन सेन्टरमा सम्पन्न कार्यक्रममा कम्पनीले परम्परागतदेखि लिएर अत्याधुनिक इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू प्रस्तुत गरेको हो।
इजिप्टको बजारका लागि प्रस्तुत गरिएका मोडेलहरूमा कम्प्याक्ट एसयुभी र सेडानसहित म्यागी आइस र साइन आइस रहेका छन् । त्यस्तै, डाेङफेङ बक्स, डाेङफेङ ००७ म्यागी इभी, भाेएफ्रि भाेए ड्रिम, भाए प्यासन र एमहिराे ९१७ जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शनीमा प्रस्तुत गरिएका थिए।
उद्घाटन कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको उपस्थिति रहेकाे कम्पनीले जनाएकाे छ । आगन्तुकहरूले नयाँ मोडेल नजिकैबाट अवलोकन गर्ने, नवीनतम प्रविधि बुझ्ने र प्रदर्शन गरिएका गाडीहरूको प्रत्यक्ष अनुभव लिने अवसर पाएका बताए । प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागत मोडेलदेखि न्यू इनर्जी गाडीहरू विशेषरूपमा प्रदर्शन गरिएका थिए।
यस लन्चसँगै डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दै आधुनिक मोबिलिटी समाधानप्रति बढ्दो माग पूरा गर्न विविध उत्पादनको श्रृंखला प्रस्तुत गरेको छ। नौ मोडेलको सार्वजनिकरणले कम्पनीले परम्परागत र न्यू इनर्जी दुवै खालका ग्राहक आवश्यकतालाई सम्बोधन गरेको स्पष्ट भएको छ।
प्रतिक्रिया दिनुहोस्