एनएमबी बैंकद्वारा ८ प्रतिशत लाभांश घोषणा


काठमाडौं । एनएमबी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् ।

मंसिर १९ गते सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।