बिहीबार तेस्रो पटक ‘मार्केट हल्ट’, आजको लागि कारोबार बन्द


काठमाडौं । नौं कारोबार दिनपछि खुलेको सेयर बजार एकैदिन तेस्रो पटक मार्केट हल्ट भएर आजको लागि कारोबार बन्द भउको छ ।

बिहीबार सेयरबजारमा पहिलो पटक कारोबार खुल्नासाथ नेप्से परिसूचक १०७.०४ अंक अर्थात ४ प्रतिशत घटेर कारोबार बन्द भएर २० मिनेटपछि खुलेको थियो । पुनः कारोबार सुरु भएको केही समयमा नै सेयर बजार १३३.६३ अंकले घटेर दोस्रो पटक मार्केट हल्ट भएर कारोबार बन्द भयो ।

दोस्रो पटक मार्केट हल्ट भएर ४० मिनेटपछि पुनः कारोबार सुरु भएको नेप्से तेस्रो पटक पुनः मार्केट हल्ट भएर आजको कारोबार बन्द भएको हो । बिहीबार १२ बजेर ६ मिनेटममा सेयर बजार १६०.३३ अंक अर्थात ६ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्से परिसूचक २५११.९१ अंकमा झरेको छ ।