काठमाडाैँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेन जी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताएका छन् ।
हिलटेक समूहले बिहीवार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्दै उनले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
त्यसको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उनले बताए । उनले निजी क्षेत्रमा पनि क्षति पुगेको बताए । पुनर्निर्माणमा सहयोग गर्न उहाँले निजी क्षेत्र र युवाहरुलाई आग्रह गरे। धेरै ठाउँहरूमा निजी क्षेत्रले स्वतःस्फुर्त रूपमा सरकारी कार्यलय तथा प्रहरी चौकीहरू पुनर्निर्माणमा सहयोग गरिरहेको पनि बताए ।
उनले हिलटेक समूहले सरकारलाई १०० वटा पानी ट्याङ्की र ५०० वटा ट्राफिक कोन उपलब्ध गराएको पनि जानकारी दिए । हिलटेक समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत एक हजार लिटर क्षमताका १ सय वटा पानी ट्याङ्की, ५ सय थान ट्राफिक कोन र अन्य सामग्री उपलब्ध गराएको समुहका अध्यक्ष कमल जैनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्