राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरूसँग छलफल


काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरूसँग छलफल गरेका छन् ।

अध्यक्ष दाहालले बिहीवार छलफल गर्नुभएको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन्। अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री सुशिला कार्कीसँग भेट गर्नुभएको कुरा जानकारी गराएकाे उनले बताइन्।

उनले राष्ट्रिय सभा अन्तर्गतका समितिहरूले गर्ने काम नियमित रुपमा गर्न निर्देशन दिएको पनि जानकारी दिइन्। समितिले जेनजी आन्दोलनमा भएका क्षति, घाईते, चाडपर्वमा हुने मंहगी लगायतको अनुगमन गर्ने पनि बताइन्। प्रतिनिधि सभा नभएको बेलामा राष्ट्रिय सभाले सरकारलाई सहयोग तथा समन्वय गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन्। 

संसद सचिवालयका उपसचिव अनन्तप्रसाद कोईरालाले राष्ट्रिय सभा अन्र्तगतका चार वटा विषयगत समितिहरू हाल सक्रिय अवस्थामा रहेको जानकारी दिए। विशेष परिस्थितिमार्फत चुनावी सरकारले बनेको अवस्थामा समितिले के कसरी सहयोग, सहजीकरण गर्र्ने भन्ने बारेमा छलफल भएको उनले बताए । चार वटै समितिका सभापति, समिति सचिव र राष्ट्रियसभा सचिवसहितको अनौपचारिक बैठक बसेको उनको भनाइ छ ।