घर जलाइएपछि काँग्रेस नेता शशांकको गुनासोः मैले के गल्ति गरेको थिएँ ?


काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनी जेनजीको शान्तीपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

वास्तविक जेन–जी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको उनको भनाइ छ । उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए। उनले आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको  भएपनि घर जलाइएको आपत्ति जनाए ।

संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।