काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको २०८१/८२ मुनाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो ।
असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकको हालको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट अुनमोदन गरी वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्