काठमाडाैँ । अर्थ मन्त्रालयले आफ्ना नियामक निकाय, विभाग, कार्यालय तथा बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सेवासम्बन्धी गुनासो व्यवस्थापनको व्यवस्था गरेको जनाएको छ।
मन्त्रालयका अनुसार कर्मचारीले गर्नु पर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको, अनुचित दबाब दिएको वा घुस–रिसवत मागेको लगायतका गतिविधि भएमा सेवाग्राहीले सहजै उजुरी गर्न सक्ने व्यवस्था गरिएको हो। त्यस्तै कुनै पनि अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ सिर्जना भएमा समेत गुनासो दर्ता गर्न सकिनेछ।
यसका लागि सेवाग्राहीले ईमेल [email protected] वा [email protected] मा गुनासो पठाउन सक्नेछन्। साथै, टोल–फ्री हटलाइन नम्बर १८१०५०००४१० मा सिधै सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
गुनासो व्यवस्थापनका लागि मन्त्रालयमा उपसचिव निरन भट्टराई (सम्पर्क नम्बर ९८५१४०५२६५) र शाखा अधिकृत पविचा ज्ञवाली (सम्पर्क नम्बर ९८५१४०५२७५) लाई सम्पर्क व्यक्तिको रूपमा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्