मन्त्रिपरिषद्ले गर्‍यो तीन सचिवको सरुवा


काठमाडौँ । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमार्फत ३ जना सचिवको सरुवा गरेको छ ।

निर्णयअनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा, गृह सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगमा र योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

दुवाडी करिब २ महिनापछि अनिवार्य अवकाशमा जानेछन् । दंगाल एक वर्षअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भई रक्षा मन्त्रालय पुगेका थिए । योजना आयोगका सचिव अर्यालको भने एक वर्षमै चौथो पटक सरुवा भएको हो ।