सबैले चुनावमा भाग लिनसक्ने वातावरण बनाउने कामलाई सरकारले अर्जुनदृष्टिमा राखेको छः सञ्चारमन्त्री खरेल


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताएका छन् ।

मंगलवार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सरकारको मुख्य काम सो निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु रहेको बताएका हुन् ।

सो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गराउने दायित्व पनि सरकारको रहेको सञ्चारमन्त्री खरेलको भनाइ थियो । उनले सो निर्वाचनको वातावरण बनाउनका लागि निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्था मिलाउने काममा पनि सरकारले ढिलाई नगर्ने बताए ।

उनले जेनजी आन्दोलनको क्रममा भएका भएको सार्वजनिक तथा व्यक्तिगत सम्पतीको यकीन गरी त्यस कार्यमा संलग्नमाथि छानबिन गरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

मन्त्री खरेलले सरकारले सार्वजनिक सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउने र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने पनि बताए ।