आहा मैतीदेवी मन्दिर (फोटो फिचर)


काठमाडौँको मैतिदेवी मन्दिर र मन्दिर परिसरलाई झकिझकाउ बनाइएको छ । नवरात्रको निम्ति सिँगारिएको मन्दिरको साँझपखको दृश्य हेर्न भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

मैतीदेवीमा दशैंको बेला सिंगारिएको झिलिमिली वत्तिहरु तिहारपछि मात्र निकाल्ने गरिएको छ ।

शब्द/तस्बिरः पुष्पा पाल