नेप्से ४४ अंकले घट्यो, १२ करोड कर्जा प्रकरणले लगानीकर्ता अलमलमा


काठमाडौं । साताको पहिलो दिन आइतबार भारी अंकले घटेको बजार दोस्रो दिन भने १६१.९४ अंकको उछाल आयो । आज साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ४४ अंकले घटेको छ भने कारोबार रकम पनि खुम्चिएको छ ।

अहिलेको अवस्थामा सेयर बजार हल्लाको भरमा चलेको जस्तो देखिएको छ । कुनै निकायले केही सुचना निकाल्ने वित्तिकै बजारमा प्रभाव परिहाल्ने गरेको छ ।

अहिले राष्टबैंकले मौद्रिक नीतिमार्फत ल्याएको १२ करोड कर्जा सिमा प्रकरणले बजार तताएकोले लगानीकर्ताहरु लगानीकर्ताहरु अलमलमा परेको नेपाल इन्भेन्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।

अहिले सेयरबजारमा सबै लगानीकर्ता कर्जा लिएर मात्रै आउँछन भन्ने छैन भन्दै ढकालले १२ करोड कर्जा लिने सीमित लगानीकर्ता भएकोले यसले बजारमा कुनै फरक पार्दैन, हल्लाको पछि लाग्नु हुँदैन् ।

सेयरबजारमा प्रवेश गरिसकेपछि धेर्य गर्नुपर्ने र बजार घट्नु बढ्नु भनेको सकरात्मक कुरा हो र एक लेबलमा चलेको बजार १२ करोड कर्जा प्रकरणले घट्नुपर्ने कुनै आधार नभएको अध्यक्ष ढकाल बताउँछन् ।

ढकालले सेयर किन्दा राम्रो कम्पनी चयन गनर््पर्ने र बजार प्रवेश गर्दा नयाँ लगानीकर्ताले अरुले भनेको भरमा र सुनेको हल्लाको भरमा सेयर कारोबार नगर्न सुझाव दिए ।

‘अहिले बजारमा ४२ लाख लगानीकर्ता छन् कोरोना संक्रमणको कारण देशमा आम्दानीका अन्य आर्थिक क्षेत्रहरु पूर्णरुपमा नखुलेको अवस्थामा अहिले नै बजार तल झर्ने स्थिति छैन हल्लाको पछाडी नलागी ढुक्क भएर लगानी गर्नुहोस्’ ढकालले भने।

मंगलबार नेपाल स्टक एक्सचेञ्जका नेप्से परिसूचक ४४.१८ अंकले घटेर २९३६.६० अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.०५ अंकले घटेर ५४८.३५ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।नेप्सेमा आज अन्य समूह १.०१ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूह पनि ०.५६ प्रतिशतले बढेको छ ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक २.९९ प्रतिशतले ओरालो लागेको छ । लघुवित्त समूह २.५८ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.६८ प्रतिशत, व्यापार समूहमा १.५६ प्रतिशत, विकास बैंक समूहमा १.२९ प्रतिशत, जलविद्युत विद्युत समूहमा १.५२ प्रतिशत, वित्त समूहमा १.६४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१३ प्रतिशत, जीवन बीमा समूहमा १.६ प्रतिशत र लगानी समूहमा ०.४२ प्रतिशतको गिरावट आएको छ ।

आज कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५२ रूपैयाँ २० पैसा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।मंगलबार पनि सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५२ रूपैयाँ २० पैसा पुगेको छ ।

यो दिन आरएमडीसी लघुवित्तको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा र रुरु जलविद्युतको सेयरमूल्य ७ प्रतिशतले ओरालो लागेको छ ।

कूल २२२ वटा कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This