काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\०८३ को भदौ महिनासम्ममा जीवन बिमा कम्पनीहरूले ३५ अर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क संकलन गरेका छन् ।
नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड १४ लाख ५० हजार ४७७ ओटा बिमा पोलिसी बिक्री गरी ३५ अर्ब २४ करोड ९७लाख रुपैयाँ कुल बिमामाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बिमाशुल्क सङ्कलन गरेको छ । कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यस्तै राष्ट्रिय जीवन बिमा कम्पनीले यस अवधिमा ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । नेसनल लाइफले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ,एलआइसी नेपालले ३ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।
त्यस्तै, हिमालयन लाइफले ३ अर्ब १७ करोड २३ लाख, सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् । सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।
आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । मेट लाइफले १ अर्ब ५ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ भने सन् नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्