मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोको उच्च जोखिम, अनावश्यक यात्रा नगर्न आग्रह


काठमाडौं । लगातारको भारी वर्षासँगै मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोको जोखिम बढेको छ।

शनिबार दिउँसो करिब ३:२० बजे तुईन खोलानजिकै माथिबाट ढुंगा खसिरहेको दृश्य देखिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

हाल सवारी आवागमन एकतर्फी सञ्चालन भइरहेको भए पनि निरन्तर भइरहेको वर्षाका कारण सो क्षेत्रमा ठूलो जोखिम रहेको प्राविधिकहरूले चेतावनी दिएका छन्।

सडक डिभिजनले अत्यावश्यक बाहेकको यात्रा तत्कालका लागि नगर्न यात्रुहरूलाई आग्रह गरेको छ।

यात्रा गर्नैपर्ने अवस्थामा भने सम्बन्धित सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने बताइएको छ।