सुदूरपश्चिम र कर्णाली हुदैँ नेपालबाट बाहिरिन सुरु गर्‍यो मनसुन


काठमाडौं । यस वर्षको मनसुन नेपालबाट क्रमश बाहिरिन सुरु गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरूबाट मनसुन बाहिरिएको छ । त्यस्तै, गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट पनि मनसुन बाहिरिएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।