निर्वाचनका लागि आवश्यक श्रोत, साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध


काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले निर्वाचन समयमै गराउने कुरामा थप इँट्टा थपेको बताएको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निर्वाचन आयोगका निर्वाचन आयुक्त र प्रधानमन्त्री कार्कीबीच छलफल भएको हो ।

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसँगको छलफलमा निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आयोगको तर्फबाट अवगत गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

उनले सरकारको तर्फबाट आयोगलाई सबै श्रोत, साधन उपलब्ध गराउने प्रतिवद्धता भएको उल्लेख गरे। आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको बताए ।

उनले भने, “निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आग्रह गर्ने, अनुरोध गर्ने कुराहरु भएको छ । सरकारको तर्फबाट आयोगलाई ति सबै श्रोत, साधन उपलब्ध गराउने कुरा प्रतिवद्धता आएको छ । आजको बैठकले निर्वाचन सफल गराउने विषयमा थप इँट्टा थपेको छ । थप वातावरण बनाएको छ । आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको छ ।”

उनले सरकार र निर्वाचन आयोगको तर्फबाट राजनीतिक दलहरुसँग छलफल अघि बढाइने बताए ।