काठमाडौँ । बुधबार नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ११ दिनको लागि २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
यसको साँवा ब्याज राष्ट्र बैंकले कात्तिक २ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्