काठमाडाैं । जेनजी पुस्ताकाे आन्दोलनमा ठूलो क्षति ब्योहोरेको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुपले जेनजी आन्दोलनमा शहिद भएका परिवारहरुलाई रोजगारी उपलब्ध गराउने भएको छ ।
ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै हरेक शहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेका हुन् । टिमले समपुर्ण शहिद परिवारलाई सम्पर्क गरिरहेको र सम्पर्कमा आउन चाहे चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।
आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट श्रध्दाञ्जलि र परिवार समवेदना दिदै उनले यो पीडादायी घडीमा पनि दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेको बताएका छन् ।
आन्दोलनका क्रममा उनको निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्