गाजा युद्धविराम सम्झौता हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्छुः ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्ने बताएका छन् । सोमवार वा मंगलवार वन्धकहरूलाई फिर्ता ल्याउने बताउँदै त्यो खुशीको दिन हुने उनले बताए ।

युद्धविरामको प्रतिनिधिमुलक हस्ताक्षर भइसकेको भएपनि आधिकारिक हस्तक्षर अब हुने उनकाे भनाइ छ । 

इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शहर शर्म अल–शेखमा गाजा युद्धविराममा अप्रत्यक्ष वार्ता शुरु गरेका थिए ।

ट्रम्पले बुधवार ट्रुथ सोशलमा इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको उल्लेख गरे ।