क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


काठमाडौँ । क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै क्यासिनो लगायतका संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्न गराउन निर्देशन दिएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार राष्ट्र बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ ।

क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा ूनेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा व्यवस्था गरिएको छ ।