राष्ट्र बैंकले दैनिक आयात गर्न सकिने सुनको सीमा बढायो, दैनिक २५ किलोग्राम आयात गर्न सकिने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरेको हो । यसअघि दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने थियो ।

नेपाली विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कम्पनी संस्था शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने परी विदेश (नागरिक वा फर्मरकम्पनीरसंस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको वातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रूपैयाँसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने छ ।

यसरी इजाजतपत्रप्राप्त वप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी र्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक हिचानका कागजातहरू लिएको हुनु पर्नेछ । यसअघि यसको सीमा २० लाख रूपैयाँसम्म मात्र थियो ।

यस परिपत्र बमोजिम भित्रिएको विप्रेषणको विवरण मासिकरूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेश गर्नु पर्नेछ ।