राष्ट्र बैंकले ‘प्रभु पे’ को अनुमतिपत्र नवीकरण गरेन


काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरेको जनाएको छ ।

२०७६ फागुन ११ गते राष्ट्र बैंकबाट अनुमतिपत्र लिएर प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडले ‘प्रभु पे’ वालेट सञ्चालन गर्दै आएको थियो ।

भुक्तानी फस्र्यौट ऐन, २०७५ को दफा १३ (४) को व्यवस्था बमोजिम नवीकरण नगरेको राष्ट्र बैंकले जनाएको छ । अर्थात स्थलगत निरीक्षण तथा जाँचबुझबाट अनुमतिपत्र नवीकरण गर्न उपयुक्त नदेखिएर नवीकरण नगरेको हो ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

यस कम्पनीको चुक्ता पुँजी १० करोड रूपैयाँ रहेको छ ।