काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेका अनुसार आइतबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड ७ लाख ४७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आइतबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०१ प्रतिशतले बढेको छ ।
आज बुटवल पावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.२७ प्रतिशतले घटेको छ ।
कुल ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्