देशभरका सोरूममा सुरू भयाे एमएडब्लुकाे एक्सचेन्ज कार्निभल


काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आज(आइतबार)बाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक सोरूमहरुमा चाडवाड लक्षित मेगाएक्सचेन्ज कार्निभल सुरु गरेको छ ।

आगामी आइतबार सम्मचल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकले उत्साहजनक सहभागिता जनाएकाे कम्पनीले जनाएकाे छ । ग्राहककाे बढि आकर्षण दिपल, अवतार, नामी र सेरेसका इभीहरु देखिएकाे छ । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको छ ।

एक्सचेन्ज मेलामा ग्राहकले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्न सक्नेछन् । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामीर सेरेस जस्ता नेपालका शिर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

ग्राहकले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउने छन् जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्ने कम्पनीले जनाएकाे छ ।

एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ ।काठमाडौंबाहेक नेपालभरका दिपल, नामीर सेरेसका सम्पूर्ण सोरुममा पनि एकसाथ एक्सचेन्ज कार्निभल आयोजना भएकाे छ जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफरकाे लाभ लिन सक्नेछन् ।