काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ३ अर्ब ३० करोड रूपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
२०२५ अक्टोबर ३० देखि २०२६ अक्टोबर ३० सम्म ३६६ दिनको मुद्दती निक्षेपमा लिन चाहेका बैंक तथा वित्तीय संस्थाहरूले २०८२ असोज २९ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ६४ करोड रूपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ४९ करोड ५० लाख रूपैयाँ र राष्ट्रियस्तरको वित्त कम्पनीमा १६ करोड ५० लाख रूपैयाँ लगानी गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्